दफा १०
अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्ने
(१) अदालतले यस ऐन बमोजिम मुद्दाको कारबाहीको क्रममा पीडितलाई तत्काल संरक्षण दिन आवश्यक देखेमा मुद्दाको अन्तिम निर्णय नभएसम्मको लागि पीडकका नाममा देहाय बमोजिम गर्न आदेश जारी गर्न सक्नेछ ः-
(क) पीडितलाई निज बसी आएको घरमा बसोबास गर्न दिन, खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न,
(ख) पीडितलाई शारीरिक वा मानसिक चोट पुगेको भएमा उचित उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन,
(ग) गाली बेइज्जती गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने काम नगर्न वा नगराउन,
(घ) पीडित बसेको ठाउँ, बाटोघाटो वा कार्यालयमा गई, कुनै किसिमको सञ्चार माध्यमद्वारा वा अन्य कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न,
(ङ) पीडितको हित र सुरक्षाको निमित्त अन्य आवश्यक र उपयुक्त कार्य गर्न वा गराउन ।
(२) मुद्दाको कारबाहीको क्रममा पीडितको परिवारको कुनै सदस्य वा अन्य कुनै व्यक्तिलाई संरक्षण दिन आवश्यक देखेमा अदालतले त्यस्तो व्यक्तिको संरक्षणको लागि उपयुक्त आदेश जारी गर्न सक्नेछ ।